थापाको स्वरमा ‘भेरी, सेती, कर्णालीका पानी’ सार्वजनिक
काठमाडौं । पहिलो नेपाल आइडलबाट चर्चा कमाएको झक्कड थापाको स्वरमा रहेको ‘भेरी, सेती, कर्णालीका पानी’ बोलको गीत सार्वजनिक भएको छ ।
थापाको स्वरमा रहेको उक्त गीतमा दिनेश थपलियाको शब्द रहेको छ भने वसन्त सापकोटाले संगीत रहेको छ । पहिलो नेपाल आइडलको अडिसनबाटै बाहिरिएर पनि झक्कड थापाले निकै चर्चा पाएका थिए ।
राम्रो गीत गाएर भन्दा पनि अरुलाई हसाएर चर्चा बटुल्न सफल भएका झक्कडले धेरै मिडीयमा अन्तर्वार्ता दिर्दै आएका आएका छन् । नेपाल टेलिभिजनबाट प्रराण हुने चर्चित टेलिश्रृखला भद्रगोलमा समेत २ इपिसोड काम गरिसकेका छन् ।
प्रतिकृया दिनुहोस