सांसदहरु भन्छन्ः प्रशासनिक संयन्त्रले परिवर्तनको आभास दिएन

Sansad bhaban

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले प्रशासनिक संयन्त्रलाई पारदर्शी बनाउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका छन्।

प्रतिनिधिसभाका सांसदद्धय नवराज सिलवाल र विनोद चौधरीले प्रशासनिक संयन्त्रलाई पारदर्शी बनाउन नसकेको भन्दै सरकारको आलोचना गरेका हुन्।

मंगलबार प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद नवराज सिलवालले मुलुकलाई अघि बढाउन प्रशासनिक निकायलाई पारदर्शी बनाउन सरकारको गम्भीर ध्यानाकर्षण गराए।

उनले सेवाग्राहीलाई सेवा दिने गरी प्रशासनिक संयन्त्रको क्षमता विकास गर्न पनि नसकेको भन्दै सरकारको चर्को आलोचना गरे।

सांसद विनोद चौधरीले कर्मचारीलाई तोकिएकै क्षेत्रमा परिचालन गर्न नसकेको भन्दै सरकारको आलोचना गरे। उनले प्रशासनिक खर्च कम गरेर विकासमा खर्च बढाउन पनि सरकारलाई सचेत गराए।

समितिका अन्य सदस्यहरुले पनि मुलुकलाई सुशासन दिन प्रशासनिक संयन्त्र बाधकको रुपमा रहेको आरोप लगाएका थिए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...