नेपालको पुनर्निर्माणमा सहयोग गर्ने अन्तर्राष्ट्रिय समुदायको प्रतिबद्धता

Sushil gyawali

काठमाडौं । भूकम्पपछिको पुनर्निर्माणका लागि सहयोगको प्रतिवद्धता देखाएको अन्तर्राष्ट्रिय समुदायले नेपालले पुनर्निर्माणमा निरन्तर सहयोग गर्ने दोहोर्याएका छन् ।

संयुक्त राष्ट्रसंघको महासभाको सन्दर्भमा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको भवनमा आयोजित कार्यक्रममा भाग लिएर स्वदेश फर्केका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले अन्तर्राष्ट्रिय समुदायले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिए ।

ज्ञवालीले विभिन्न चुनौती र जटिलताका बीच पुनर्निर्माण र पुनस्र्थापनाका पक्षमा नेपालले गरेको प्रगतिको अन्तर्राष्ट्रिय जगतले प्रशंसा समेत गरेको दाबी गरे । संयुक्त राष्ट्रसंघ, युरोपियन यूनियन र विश्व बैंकद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले नेपालको पुनर्निर्माण तथा पुनर्स्थापनाको अवस्था र आगामी कार्ययोजना प्रस्तुत गरेका थिए ।

उनले पुनर्निर्माण तथा पुनस्र्थापनाका कार्यहरु संविधानको व्यवस्था अनुसार सम्भव भएसम्म स्थानीय तहबाटै गर्ने गरी अघि बढाइएको जानकारी गराए ।प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले नेपालको पुनर्निर्माणका बाँकी काम सम्पन्न गर्न करिव थप ६ खर्ब रुपैयाँ लाग्ने बताउँदै आर्थिक स्रोत व्यवस्थापनमा आन्तरिक र बाह्य सहयोग आवश्यक भएको बताए ।

कार्यक्रममा डोमिनिका र नाइजेरियाका मन्त्री, युरोपियन यूनियन, यूनएनडिपीका विज्ञहरु लगायतले विपद् पछिको पुनर्निर्माण, पुनर्स्थापना, साझेदारी, अर्थतन्त्र लगायतबारे प्रस्तुत गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...