कृषिमा नयाँ प्रविधि भित्र्याउने सरकार प्रतिवद्ध : मन्त्री खनाल

Chakrapani khanal

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले कृषिमा नयाँ प्रविधि भित्र्याउन सरकार लागि परेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित ‘अर्थ संवाद’ कार्यक्रममा बोल्दै मन्त्री खनालले कृषिमा नयाँ प्रविधि भित्र्याउने निजी क्षेत्रको प्रयासलाई सफल बनाउन सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

उनले प्रविधि भित्र्याउँदा नेपालको समग्र क्षेत्रको विकासको पाटोलाई आधार बनाउनुपर्ने आवश्यक्ता पनि औंल्याए। मन्त्री खनालले कृषि क्षेत्रको विकासका लागि सरकारले आवश्यक नीति निर्माण र ऐन संशोधनको कामलाई अघि बढाएको पनि बताए ।

मन्त्री खनालले कृषि क्षेत्रको विकासका लागि नयाँ प्रविधिको विकासमा जोड दिनुको विकल्प नरहेको पनि स्पष्ट पारे । कार्यक्रममा बोल्दै महासंघकी अध्यक्ष भवानी राणाले कृषि क्षेत्रको विकासका लागि नयाँ प्रविधि भित्रयाउन सरकारलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...