कोस्टारिकामा प्रधानमन्त्री ओलीको सम्मानमा रात्रिभोज

Pm oli ratri bhoja

सान होजे । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार कोस्टारिकाका लागि नेपाली महावाणिज्यदूत आना भिक्टोरिया बादिला भीले आफू तथा आफ्नो नेतृत्वमा आएको नेपाली प्रतिनिधिमण्डलको सम्मानमा आयोजना गरेका रात्रिभोजमा सरीक भएका छन् ।

रात्रिभोजमा महावाणिज्यदूत भिक्टोरिया वादिलाले प्रधानमन्त्रीको स्वागत गरेका थिए भने प्रधानमन्त्री ओलीका तर्फबाट अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्कीले धन्यवाद व्यक्त गरेका थिए ।

प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका तथा प्रतिनिधिमण्डलका सदस्य प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहेका थिए । एजेन्सी

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...