नायीका प्रियंका भन्छिन्, अश्लिल वेबसाइट बन्द गर्नु गलत हो

Priyanka karki hot

काठमाडौं । नायिका प्रियंका कार्कीले अश्लिल साईटमा प्रतिबन्ध लगाउनु गलत भएको बताएकी छिन् । चलचित्र ‘कथा काठमाडौं’ को प्रोमोशनको एक अन्तर्वार्तामा नायिका कार्कीले यस्तो अभिब्यक्ति दिएकी हुन् ।

देशमा पछिल्लो समय बलात्कार तथा यौनजन्य हिंसा बढेसँगै सरकारले अश्लिल वेबसाइटहरु बन्द गर्ने निर्णय गरेको थियो । ‘अश्लिल वेबसाइट बन्द गर्नु समस्याको समाधान होईन’ प्रियंकाले भनिन्, ‘आ–आफ्नो इच्छाको कुरा हो, मान्छेले चाह्यो भने सिडी, डिभिडीहरु किनेर पनि हेरिहाल्छ ।’

अश्लिल साइट बन्द गर्नाले अझ आपराधिक घटना बढ्नसक्ने प्रियंकाको भनाई छ । ‘अश्लिल साइट बन्द गर्नाले मानिसहरुमा झन् धेरै यौन कुण्ठा हुनसक्छ’ उनी भन्छिन्, ’त्यसले गर्दा झन् धेरै बलात्कार र यौनजन्य अपराध बढ्नसक्छ ।’ अश्लिल साइट बन्द गर्नु मात्र देशमा ब्याप्त बलात्कार तथा अन्य यौनजन्य अपराधको समस्या समाधान नहुने प्रियंकाको तर्क छ ।

असोज ५ गते सुचना तथा सञ्चार प्रविधी मन्त्रालयले नेपाल दुरसञ्चार प्राधिकरणलाई पत्र लेख्दै नेपालमा अश्लिल वेबसाइट बन्द गर्न निर्देशन दिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...