धनगढीका मेयरलाई कारवाही गर्न प्रदेश सांसदद्वारा उजुरी

Nirpa ada

धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडलाई कारवाहीका लागि प्रदेश ७ का सांसदहरुले उजुरी दिएका छन् । २० जना प्रदेश सांसदको हस्ताक्षरसहित विहीवार जिल्ला प्रशासन कार्यालय कैलालीमा वडलाई कारवाही गर्न माग गर्दै उजुरी दिएका हुन् ।

प्रदेश ७ को राजधानी ‘गोदावरी’ बनाउन लागिएको भन्दै बुधवार भएको प्रदर्शनमा वडले धनगढीबाट राजधानी सारिए संसद भवनमा आगो लगाउने, सांसदले २४ घण्टाभित्र धनगढी छोडनुपर्ने सांसदहरुलाई नै जनताले जलाईदिने लगायतका विवादास्पद अभिव्यक्ति दिएका थिए ।

उनीहरुले मेयरका अभिव्यक्तिपछि आफुहरुको ज्यान जोखिममा परेको, अप्रिय घटना हुनसक्ने, शान्तिसुरक्षामा खलल पुग्ने भएकाले वडलाई तत्काल पक्राउ गरी कारवाही प्रक्रिया अगाढी बढाउन भन्दै माग गरेका छन् । मेयर वडको अभिव्यक्तिको सर्वत्र आलोचना भएपछि उनले विहीवार विज्ञप्ति मार्फत माफी समेत मागिसकेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...