‘कोकाकोला फिगर’को म्युजिक भिडियो सार्वजनिक

Cocacola figure

काठमाडौं । ‘कोकाकोला फिगर’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सज्जन धामी र निरुता खत्रीको स्वरमा रहेको गीतमा पुरन तिमिल्सिनाको शब्दरचना छ । गायक धामीकै संगीतमा तयार भएको गीतलाई अजय कुमार क्षेत्रीले प्रस्तुत गरेका हुन् ।

दमदार गीतको भिडियो पनि गज्जबकै बनेको छ । बिक्रम चौहानको निर्देशनमा बनेको भिडियोमा नरेश, मनिषा र ऋतिकलाई फिचर गरिएको छ । 

प्रकाश खड्काको छायांकन रहेको गीतको भिडियोमा पजेश कुमारको सम्पादन छ । गीत बुधबार गायक तथा संगीतकार सज्जनको ब्यक्तिगत युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...