सहब्याचीहरु आइजीपी र एआईजी हुँदा अस्पतालको बेडमा छन् राजेन्द्र

Rajendraman

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल र नायव महानिरीक्षक राजेन्द्रमान श्रेष्ठ सहब्याची हुन् । खनाल महानिरीक्षक हुँदा श्रेष्ठ भने अस्पतालको शैयामा ‘निर्जीव’ जस्तै सुतिरहेका छन् ।

प्रहरीको पूर्वी कमाण्डमा रहेका समयमा १५ साउन ०७३ मा ब्याडमिन्टन कोर्टमा राजेन्द्रमान बेहोस भएर ढलेका थिए । मुटुको धड्कन बन्द हुुँदा त्यसको असर उनको मस्तिष्कमा प-यो । मस्तिष्कबाहेक उनका सबै अंग सामान्य छन् ।

नेपाल प्रहरीमासँगै भर्ना भएका महानिरीक्षक सर्वेन्द्र खनाल, राजीनामा दिएका रमेशप्रसाद खरेल, अतिरिक्त महानिरीक्षक कार्की र अस्पतालको शैयामा रहेका श्रेष्ठ २९ माघ २०४६ मा सँगै सेवा प्रवेश गरेका अधिकारी हुन् । यो टोली संगठनमा ‘एउटै ब्याचका अब्बल अधिकारी’ का रूपमा पहिचान बनाएको टोली हो ।

आइतबार एआईजीको फुली लगाएपछि पुष्कर कार्कीले राजेन्द्रको सम्झना गरे । अनि प्रहरी अस्पतालमा उनलाई भेट्न गए । महानिरीक्षक सर्वेन्द्र खनालले काकीसहित ठुले राई र धिरु बस्न्यातलाई एआइजीको दज्र्यानी चिन्ह लगाईदिएका थिए । कार्की बरिष्ठ एआईजी हुन् ।

प्रहरी प्रधान कार्यालयमा आईतबार दज्र्यानी चिन्ह लगाएपछिको संबोधनका क्रममा कार्कीले संगठन माथि हुने नियोजित प्रहारलाई मलजल गर्ने, संगठनको गोप्य सूचना चुहावट गर्नेहरुलाई पहिचान गरेर विभागभित्रै निर्वस्त्र गर्न जरुरी रहेको बताएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...