‘कामचोर’ पप्पुले नै पायो राष्ट्र बैंकको भवन बनाउने ठेक्का
काठमाडौं । पप्पु कन्ट्रक्सनलाई नेपाल राष्ट्र बैंकको भवन बनाउने ठेक्का दिइएएको छ ।
उसले विगतमा ठेक्का पाएका काम समयमा नसकेको र गुणस्तरहीन रहेको आरोप लागिरहेका बेला फेरि अर्को ठेक्का हात पारेको हो ।
कर्मचारीदेखि राजनीतिक नेतृत्वसम्मको सेटिङका आधारमा राष्ट्रिय पुनर्निमाण प्राधिकरणले पप्पुलाई बालुवाटारमा बैंकको भवन निर्माण गर्ने ठेक्का दिएको हो ।
निर्माण कार्यमा पप्पुले गरेको अनियमितताका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भौतिक, पूर्वाधार तथा यातयात मन्त्रालयले छानबिन प्रक्रिया अघि बढाइरहेकै बेला यो ठेक्का दिइएको हो ।
प्रतिकृया दिनुहोस