४० वर्ष कटेका महिला किन यौन प्रक्रियामा सक्रिय बन्छन् ? यस्तो छ कारण

Sex photo

काठमाडौं । कालिप्रसाद बास्कोटाको संगीतमा हेमन्त रानाका गीत ‘सुन साइली चालिस कटेसी रमाउँला’ बोलको गीतको म्युजिक भिडियो युट्युव च्यानलमा झण्डै १ करोड ६५ लाख भन्दा बढीले हेरेका छन् ।

यो गीतले उमेर छँदा विदेशिनु पर्ने बाध्यताका कारण ४० वर्ष कटेपछि मात्रै रमाइलो गरौंला भन्ने भाव बोकेका छ । उमेरले चालिसको दशक पार गरेपछि उमेरको हिसावले पनि पाको हुन्छ भन्ने पनि हो ।

जीवनको सन्तुष्टि विषयमा गरिएको अध्ययनले महिलाले आफ्नो जीवनको चालिसको दशकमा अन्य उमेरमा भन्दा वढी यौन आनन्द लिने र यौनमा बढी सक्रिय रहने तथ्य सार्वजनिक गरेको छ ।

अध्ययनले चालिसका दशकका महिलाहरुमा यौन सक्रियता बढ्ने र अरु बेलाभन्दा शरीर स्वस्थ्य रहने, कन्फिडेन्स बढ्ने तथा सम्वन्ध पनि अरु बेलामा भन्दा प्रगाढ हुन्छ । तर यौनका मामिलामा भने चालिसको दशकमा महिलाले आफनो जीवन भरमा सवैभन्दा बढी सक्रिय हुने समय रहेको एक अध्ययनले देखाएको छ ।

‘जीवनको मध्य उमेरमा पुगेका महिलाहरु वयस्कमा भन्दा पनि यौनका मामिलामा बढी सक्रिय रहन्छन्’, अध्ययन प्रतिवेदनमा भनिएको छ ‘यो उमेरका महिलाहरु यौन क्रियाकलापमा बढी सक्रिय हुने मात्र होइन, यो समयमा जीवनका अरु समयमा गरीएको यौन समबन्ध भन्दा बढी आनन्द पनि प्राप्त गर्नेछन् ।’

अमेरीकामा गरिएको एक अध्ययनअनुसार ३१ देखि ४५ वर्षका ८७ प्रतिशत महिलाहरु यौनमा सक्रिय रहेको पाइएको छ । सो प्रतिवेदनअनुसार ति उमेर समुहका महिलाहरुले यौन चरम आनन्द प्राप्त गर्न सफल भएका छन् ।

अध्ययनले ४० देखि ५० वर्षको उमेरका महिलाहरु यौनका मामिलामा जीवनको सवैभन्दा बढी सक्रिय रहने र आनन्द लिने उमेर समुहमा रहेको निष्कर्ष निकालेको छ ।

ब्रिटिस जर्नल अफ युरोलोजिमा प्रकाशित अध्ययन प्रतिवेदनअनुसार ६ हजारभन्दा बढी विभिन्न उमेरका महिलाहरुमा गरिएको अध्ययनमा ४५ देखि ५४ वर्षका ५२ प्रतिशत महिलाहरुले आफ्नो जीवनको यौन क्रियाकलापमा सवैभन्दा बढी आनन्द प्राप्त गरेको र अरु वेला भन्दा बढी सक्रिय रहेको कुरा बताएका छन् ।

त्यस्तै ३१ देखि ४५ वर्ष अमेरका ४३ प्रतिशत महिलाले बढी सन्तुष्टि प्राप्त गरेको जनाएका छन् । प्रतिवेदनमा १८ देखि ३० वर्षका ५४ प्रतिसत महिलाहरुले चरम उत्कर्ष प्राप्त गर्न नसकेको तर ४० देखि ५४ वर्षसम्मका ६७ प्रतिशतले चरम उत्कर्ष प्राप्त गर्न सफल भएको उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...