किन देख्यो भारतीय सेनाले नेपालको त्रिभुवन विमानस्थल खतरामा ?

Bimanasthal

काठमाडौं । भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय जौलीले नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल खतरनाक भएको भन्दै नेपालका प्रधानमन्त्रीलाई आफूले चिठ्ठी लेखेको एक पत्रमार्फत खुलासा गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष सल्लाहकार समेत रहेका जौलीले नेपालको हवाई मैदानका कारण ठूला दूर्घटना भएको र यस बारेमा नेपालको नागरिक उड्डयन प्राधिकरणलाई पटकपटक जानकारी गराउँदा समेत बेवास्ता गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूले चिठ्ठी लेखेर काठमाडौं एयरपोर्टको बारेमा जानकारी गराएको भन्दै विवादास्पद विज्ञप्ति सार्वजनिक गरेका हुन् ।

हिन्दी र अग्रेजी भाषामा प्रकाशित विज्ञप्तिमा त्रिभुवन विमानस्थलको खराब मैदानका कारण यूएस बंगालको विमान दुर्घटना भई ४९ जना यात्रु मरिएको र टर्किस एयरलाइन्सको विमान दुर्घटना भएको भन्दै नेपालमाथि गम्भीर आरोप लगाइएको छ ।

जौलीले जारी गरेको विज्ञप्तिमा २०१२ सालमा बनेको विमानस्थल ६३ बर्ष बितिसक्दा एकपटक पनि मर्मत नभएको कारण जुनसुकै बेला जस्तोसुकै दुर्घटना हुने चेतावनी दिँदा पनि नेपालको नागरिक उड्डयन प्राधिकरणको आँखा खुल्न नसकेको आरोपसमेत लगाइएको छ ।

 सत्यता छैन : प्राधिकरण
भाजपा नेता जौलीले दिएको अभिव्यक्तिलाई नेपाली अधिकारीहरुले भने खण्डन गरेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले भारतीय नेता जौलीले ६३ बर्षदेखि त्रिभुवन विमानस्थलमा केही नगरिएको भन्ने कुरामा कुनै सत्यता नभएको र धावनमार्गको नियमित मर्मत सम्भार, विस्तार काम भइरहेको बताएका हुन् ।

उनले यस विषयमा अरु थप केही नबोल्ने तथा आफूलाई पत्रको बारेमा कुनै किसिमको जानकारी नभएको समेत बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...