अन्तर्राष्ट्रिय विमानस्थल निजगढमा होइन, सागरनाथमा : शेखर

Shekhar 1

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बाराको निजगढमा बनाउने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल सर्लाहीको सागरनाथमा बनाउन उपयुक्त हुने बताएका छन् ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा २४ लाख रुख काट्ने खबरले आफ्नो ध्यान आकृष्ट गरेको उनले बताए ।

एकैपटक यति धेरै रूख काट्दा वातावरणमा नकारात्मक असर पर्ने भन्दै उनले भयावह अवस्था आउनसक्ने तर्फ सबै सजग हुनुपर्ने बताए । रुख काट्ने र विमानस्थल बनाउने विषयमा बेलैमा सरकोरवाला निकायको ध्यान जानु आवश्यक हुने उनको भनाइ छ ।

मानसरोबरको यात्रामा निस्किएका डा. कोइरालाले निजगढ नजिकै सर्लाहीको सागरनाथमा ३ हजार बिघा जग्गा रहेकाले त्यही जग्गामा अन्तर्राष्ट्रिय विमानस्थल बनाइनुपर्ने बताए ।

मानसरोवरको धार्मिक भ्रमणमा रहेका डा. कोइरालाले चीनको स्वशासित क्षेत्र तिब्बतका लागि चिनियाँ बिदेश मन्त्रालयका उपमहानिर्देशक लिउ लिनसँग ल्हासामा भेटघाट गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...