कृषियोग्य जग्गा खण्डिकरण गर्न रोक लगाइने

Chakrpani khnal 735x400

काठमाडौं । सरकारले कृषियोग्य जमिन खण्डिकरण गर्न प्रतिबन्ध लगाउने भएको छ ।
कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणी खनालले कृषियोग्य जमिन खण्डिकरण गर्न प्रतिबन्ध लगाउने घोषणा गरेका हुन् ।

आईतबार राष्ट्रिय किसान आयोगका पदाधिकारीसँगको छलफलमा उनले कृषियोेग्य जमिनलाई खण्डिकरण हुन नदिन सरकारले भू–उपयोग नीति ल्याउने तयारी गरिरहेको पनि स्पष्ट पारे। मन्त्री खनालले कृषि मुलुकको अर्थतन्त्रको मूख्य आधार भएकाले पनि कृषियोग्य जमिन खण्डिकर गर्न दिन नमिल्ने तर्क गरे।

उनले कृषियोग्य जमिनको उचित परिचालनका लागि आवश्यक सुझाव दिन आयोगलाई पनि आग्रह गरे। मन्त्री खनालले कृषि सामग्री संस्थान, खाद्य संस्थान, चिया तथा कफी विकास बोर्ड, कृषि अनुसन्धान परिषदको कामकार्वाही पारदर्शी नभएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...