सप्तरीमा फैलिएको फ्लुको उपचारमा विशेषज्ञ डाक्टरको अभाव

Saptari

सप्तरी । कञ्चनरुप नगरपालिकामा फैलिएको स्वाइन फ्लु र हङकङ फ्लुको उपचार गर्न विशेषज्ञ डाक्टरको अभाव भएको छ ।

डाक्टर अभावका कारण उपचार सेवा प्रभावित भएको छ । त्यस नगरपालिकामा १ जनामा स्वाइन फ्लु र ४ जनामा हङकङ फ्लुको संक्रमण भेटिएको छ । ज्वरो आउने, खोकी लाग्नेलगायतका लक्षणबाट तीन बालिकासहित पाँच जनाको ज्यान गइसकेको छ । २ हजार १ सय जनामा ज्वरो, रुघाखोकी लगायतको समस्या देखिएपछि नगरपालिकालाई नै ‘विपद क्षेत्र’ घोषणा गरिएको छ ।

नगरपालिकाको आकस्मिक बैठकले यस्तो घोषणा गरेर तीनदिनसम्म विद्यालय समेत बन्द गरे पनि बिरामीको उपचारका लागि विज्ञेषज्ञ डाक्टर नहुँदा समस्या परेको स्वास्थ्य शाखा प्रमुख डम्बर गुप्ताले बताए । उनका अनुसार विशेषज्ञ डाक्टरको अभावले उपचारमा आवश्यक औषधी चलाउन अन्यौल भएको छ । विशेषज्ञ डाक्टरको निगरानीमा मात्र यस्तो औषधी चलाउनु पर्ने भएकोले उपचारमा कठिनाई भएको उनको भनाई छ ।

कञ्चनरुप नगरपालिका वडा ४, ६, ७ र ११ मा नमुना रगत र खकार संकलनका लागि शिविर सञ्चालन गरी अहिलेसम्म ४० जनाको नमुना जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ । गुप्ताले अहिले कञ्चनपुर स्वास्थ्य केन्द्रका डाक्टर सञ्जिव झा, राजेशकुमार यादव तथा कडरवोना स्वास्थ्य केन्द्रका जितेन्द्रकुमार यादव र मनोजकुमार चौधरीसहित ८० जना स्वास्थ्यकर्मीले सेवा दिइरहेको बताए ।

जिल्ला दैवी प्रकोप उद्धार समितिले चार दिनअघि राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालका डाक्टर रञ्जित झाको नेतृत्वमा दुई सदस्यीय टोली पनि प्रभावित क्षेत्रमा खटाएको थियो । तर, उक्त टोली प्राथमिक स्वास्य केन्द्र कञ्चनपुरमा पुगेर १० मिनेटपछि नै फिर्ता भएको थियो । ‘हामीसँग त उहाँहरुको भेट पनि भएन, के–के गरेर जानु भो भन्ने नै थाहा छैन,’ गुप्ताले भने ।

जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक तथा सप्तरीका सीडीओ सुरेन्द्र पौडेलले कञ्चनरुपमा फ्लुको समस्या घट्दो दरमा रहेको र भयावह अवस्था नरहेकाले डा। झाको टोली फिर्ता भएको बताए । ‘अहिले गम्भिर समस्या भएका बिरामी कञ्चनपुरमा छैनन् र बिरामीहरुको संख्या पनि घट्ने क्रममा छ’, उनले बताए, ‘आवश्यक्ता परे हामी फेरि डाक्टरको टोली पठाउँछौ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...