प्रकाण्डलाई पुर्याइयो उदयपुर, बम विस्फोटसम्बन्धी मुद्दा

Prakand

गाईघाट । नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द विप्लव पार्टीका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई राजधानी काठमाडौंबाट शनिबार उदयपुर प्रहरीमा ल्याइएको छ ।

काठमाडौँबाट खड्गबहादुरलाई काठमाडौँका प्रहरीले जिल्ला प्रहरी कार्यालय उदयपुरमा बुझाएको उदयपुरका प्रहरी उपरीक्षक चन्द्रदेव राईले बताए ।

खड्गबहादुरले बम विस्फोटसम्बन्धी गतिविधि गरेका कारण आज म्याद थप गरी विस्फोटक पदार्थसम्बन्धी मुद्दा चलाउने तयारी भएको प्रहरी उपरीक्षक राईले बताए ।

यसअघि नै आधा दर्जन सो पार्टीका नेतालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेर विस्फोटक पदार्थसम्बन्धी मुद्दा चलाइसकेको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...