राजनीतिक परिवर्तन ल्याउन शिक्षकको भूमिका महत्वपुर्णः सभामुख

Ag ktm speaker 2

काठमाडौं । सभामुख कृष्णबहादुर महराले राजनीतिक परिवर्तनमा शिक्षक सङ्घसङ्गठनको ठूलो भूमिका रहेको बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनले शनिबार आयोजना गरेको सम्मान तथा छात्रा प्रतिभा पहिचान लोक नृत्य कार्यक्रमलाई सम्बोधन गर्दै उनल भने, “शिक्षामार्फत समाज रुपान्तरण गर्न हामी शिक्षकहरुले निकै ठूलो भूमिका खलेका छौँ ।

सामन्तवाद र सामन्तवादी शिक्षाका विरुद्धमा आम जागरण ल्याउन तथा राजनीतिक परिवर्तन सम्भव तुल्याउन शिक्षकको योगदान अमूल्य छ ।”जनक्रान्तिबाट मुलुकमा ठूलो परिवर्तन आएको उल्लेख गर्दै सभामुख महराले परिवर्तित समाजलाई व्यवस्थित र अनुसाशित बनाउने दायित्व सबैको काँधमा आएको बताए ।

शिक्षकले व्यावहारिक र वैज्ञानिक शिक्षा दिएर समाजलाई सुसूचित र सभ्य बनाउनुपर्ने उनको भनाइ थियो ।सरकारले मुलुक समृद्धिको यात्रा शुरु गरेको बताउँदै सभामुख महराले मुलुकले खोजेको आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सबैले योगदान गर्नुपर्ने विचार व्यक्त गरे । “समृद्धिको आधारभूत तत्व शिक्षा हो ।

जनतालाई शिक्षित र सुसूचित बनाउँदै हामी जति अघि बढ्यौँ त्यति नै समाज समृद्ध हुन्छ ।” शिक्षालाई आधाभूत रुपले मौलिक हकका विषय बनाउँदै राज्यको दायित्वभित्र पार्नुपर्ने रहेको समेत उनले बताए ।

कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान पु-याउने हुने ख्यातिप्राप्त व्यक्तित्व एवं पूर्वशिक्षामन्त्री डा. गङ्गालाल तुलाधर र डिआर पौडेल, पूर्वमन्त्री अग्नि सापकोटा, नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापा, सचिव झङ्क चौलागाईं र एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन ३ नं प्रदेशका महासचिव भीम पोखरलाई सम्मान गरिएको थियो ।

त्यस्तै काठमाडौँका उत्कृष्ट १२ सामुदायिक विद्यालय र चार संस्थागत विद्यालय, उत्कृष्ट कार्यसम्पादन गर्ने ११ प्रधानाध्यापक र २५ जना शिक्षकलाई सम्मान गरिएको थियो । सो अवसरमा आयोजित छात्रा लोकनृत्य प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने जनपथ मावि कलङ्की, दोस्रो जनकल्याण मावि चाबहिल र तेस्रो जनसेवा मावि कीर्तिपुरलाई पनि सम्मान गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...