सीके राउतका कार्यकर्ता थिए रामनमोहर : गृहमन्त्री
काठमाडौं । प्रहरी हिरासतमा मृत्यु भएका बाँकेका रामनमोहर यादव सीके राउतका कार्यकर्ता रहेकोे गृहमन्त्री रामबहादुर थापा बादलले बताएका छन् ।
यादवको हत्या भएको भन्दै राष्ट्रिय जनता पार्टीका सांसदहरुले शुक्रबार संसद अवरुद्ध गरेका थिए । त्यसको जवाफ दिँदै गृहमन्त्री बादलले यादव सीके राउत समूहका कार्यकर्ता भएको र राष्ट्रिय हित प्रतिकुल गतिविधि गरेकाले पक्राउ गरेर राज्यविरुद्धको कसुरमा मुद्दा चलाइएको जानकारी दिए ।
यादवको मृत्यु प्रहरी यातनाका कारण नभई रोगका कारण भएको पाइएको उनले बताए ।
प्रतिकृया दिनुहोस