टाउको दुख्ने समस्याबाट कसरी बच्ने ?
काठमाडौँ । प्रत्येक व्यक्ति आफ्नो जीवनमा एक न एक पटक टाउको दुख्ने समस्याबाट अवश्य पनि गुज्रिएको हुन्छ । वास्तवमा टाउको अरु कुनै रोगको कारणले दुख्ने गर्दछ । जसलाई अग्रेजीमा ‘हेड्एक’ भनिन्छ ।
यो आफैमा कुनै छुट्टै रोग होईन । अत्यधिक व्यस्त दिन चर्या, तनावयुक्त जीवन, भाग दौड, गलत आहार-विहारको कारण टाउको दुख्नु अचेल साधारण कुरा भएको छ । उहिंले बयस्कहरुमा टाउको दुख्ने समस्या देखिन्थ्यो भने अहिले युवा पिंढीमा पनि टाउको दुख्ने समस्या देखिने गरेको छ ।
अब यस रोगको उमेरसँग कुनै सम्बन्ध नै रहेन । टाउको दुख्ने समस्या जहाँपनि, जहिलेपनि र जोसुकैलाई पनि हुन सक्छ । प्राय(जसो अचेल ९ वर्ष देखि १३ वर्ष उमेर भएका स्कुलमा पढ्ने केटा-केटीहरुमा यस किसिमको टाउको दुख्ने समस्या देखिन्छ ।
आमाबुबालाई टाउको दुख्यो भन्छन् । जसलाई अभिभावकहरुले पढ्न अल्छि लागेर या स्कुल जान मन नलागेर बहाना गरेको होला, केको टाउको दुख्नु यसको भनेर उनीहरुको भनाईलाई गार्जियनहरुले गम्भिरतापुर्वक लिंदैनन् । केटा-केटीहरुको हकमा भने यस किसिमको सोचाई राख्नु ठिक होईन । यो कुरालाई अभिभावकहरुले बुझ्नु पर्छ ।
कारण - विभिन्न कारणले गर्दा टाउको दुख्छ । यहि नै कारण हो भनेर ठोकुवा गर्न मिल्दैन । भौतिक कारणहरुमा, दृष्टीदोषको समस्या । जस्तै, (मायोपिया) टाडाको बस्तु देख्न नसक्नु । यो प्रायगरी धेरैजसो केटा-केटीहरुमा पाईन्छ ।
चहकिलो प्रकाश या तेजिलो सुर्यको प्रकाश, ठुलो आवाज, होहल्ला आदिप्रति समंवेदनशिलता । पिनास, कानमा संक्रमण हुनु, हेमोग्लोबिनको स्तर सामन्यभन्दा कम हुनु या कमजोरी हुनु, अनियमित निन्द्रा, अनियमित जिवनशैली, जस्तै : समयमा खाना नखानु या भोकै बस्नु, परीक्षा या साथीहरुको दबाव अथवा क्लासटिचरसँगको डिस्कशनको कारण तनाव हुनु यसका कारणहरु हुन् ।
त्यस्तै अपच, कब्जियत वा पेटमा जुका पर्नु, लु लाग्नु (सनस्ट्रोक), राति धेरै बेरसम्म जगरण बस्नु तथा मानसिक एवं भावनात्मक तनाव र कुन्ठित हुँदा पनि टाउको दुख्छ । शौक गर्नु र धैरै रुदाँपनि टाउको दुख्ने गर्दछ ।
यिनीहरु टाउको दुख्ने कारणहरुका साथै केहि गंम्भिर प्रकृतिका रोगहरु पनि टाउको दुख्ने कारण हुन सक्छन् । जस्तै, हाइड्रोकेफलस (मस्तिष्क) मा पानी भरिनु, मस्तिष्कमा संक्रमण हुनु (मेनिन्जाईटीस्), ईन्सेफ्लाईटिस्, ब्रेन ट्युमर आदिमा पनि टाउको दुख्छ । टाउकोमा गम्भिर चोटपटक लाग्नु, नाथ्रि फुटनु, दाँत दुख्नु आदि पनि यसका कारण हुन् ।
लक्षण : पुरै टाउको दुख्नु, टाउको भारी हुनु, मन्द गतिले दुखि रहनु, कानपट्टीमा दुख्नु, टाउको निहुँराउदा दुखाई बढ्नु, हो-हल्लाले दुखाई बढ्नु, सेक्दा, रुमालले टाउको बाद्दा या मालिस गर्दा दुखाइ कम भएको जस्तो लाग्नु, चिसो पानीले टाउको धुँदा आराम हुनु, शान्त कोठामा सुत्दा आराम मिल्नु आदि लक्षणहरु देखिन्छन् ।
निवारणका उपायहरु : रोगको मुल कारकतत्वलाई पहिचान गरी उपचार गर्ने हो भने टाउको दुख्ने समस्याबाट पुर्णरुपले छुटकारा पाउन सकिन्छ । कारण यदि बाहृय (शरीरको भित्रबाट होईन) रहेछ भने त्यहाँ केटा-केटीहरुको अनियमित निद्रा, समयमा खानाखाने, या उसको जीवनशैलीमा मामुली सुधार गरी दिनुका साथै अभिभावकले अलिक समय दिने हो भने यस समस्याबाट सहज रुपले नै छुटकारा पाउन सकिन्छ । कुनै औषधि उपचारको आवश्यकता पनि पर्दैन ।
यदि टाउको दुख्ने समस्याको कारण आन्तरिक रहेछ भने जस्तै माथि उल्लेख गरिएको रोगहरुको कारण समस्या देखिएको हो भने ,तत्काल चिकित्सा गराऊनु आवश्यकछ । यस अवस्थामा अभिभावकहरुले तुरन्त ध्यानदिनु पर्ने हुन्छ । केटा-केटीहरुको कमजोर दृष्टीको लागि आखाँ रोग बिशेषज्ञ द्वारा परीक्षण गराई सुधारात्मक चश्माको प्रयोग गर्नले ठिक हुन सक्छ । यस्तै, हेमोग्लोबिनको स्तर कम छ या कमजोरी छ भने कुनै बालरोग बिशेषज्ञको सल्लाह अनुसार निर्धा्रित टोनिकको सेवनले शरीरमा कम रहेको रातो रक्तकणलाई लेबलमा ल्याउन सकिन्छ ।
कसै-कसेको शरीर आन्तरिक रुपले भित्रैबाट कमजोर हुन्छ । यसकारण यिनीहरु चमकिलो प्रकाश, ठुलो आवाज, हो-हल्ला, कडा गन्ध, तनाव आदि प्रति अतिसंबेदनशिल हुन्छन् । जसको कारण यिनीहरुको शरीरले यि बाहिरी कारकतत्वहरुको सामना गर्न असमर्थ हुन्छन् ।
यसैगरी कानको संक्रमण (वाहृय र भित्रि कानको प्वाल मा किटाणुबृद्धि हुने अवस्था) जसलाई ओटाईटिस(एक्सटर्ना भनिन्छ, यि सब कमजोर ईम्युनिटीको कारणगर्दा हुन्छन् । यस किसिमको समस्याहरुमा होमियोप्याथिकऔषधिहरु निकै प्रभावशली हुन्छ र व्यक्ति बिशेषको शरीरको प्रतिरक्षात्मक शक्तिको स्तरलाई बढाई यथाशिघ्र बिरामीलाई प्रकृतिक रुपले स्वस्थ्य लाभ गराउनमा सहयोग गर्छ ।
यसको होमियोप्याथिक उपचार विधि पनि रहेको छ । यसको विषेशता के हो भने यसको कुनै दुष्प्रभाव (साईड-ईफेक्ट) हुदैन । केटा-केटीहरुमा टाउको दुख्ने समस्याको लागि रोगीको लक्षण अनुसार प्रयोग हुने केहि होमियोप्याथिक औषधिहरु निम्नलिखित छन् ।
नेट्रम-म्युर : घामको कारणले निधारको देब्रेपट्टि दुख्नु, आँखामा स्ट्रेस हुनु या मानसिक तनाव हुनु । यस किसिमको लक्षण भएमा यसको प्रयोग लाभदायक मानिन्छ ।
बेलाडोना : निधारको दाहिने पट्टि दुख्नु, अनुहार रातो हुनु, घामको कारणले टाउको दुख्नु, कडा प्रकाश सहन नसक्नु आदि । यसकिसिमको अबस्थामा यस औषधिको प्रयोग गर्नसकिन्छ । ग्लोनाइन स् प्रचन्ड घाम या लु-लाग्नुको कारणले टाउको दुखेको र बिरामीले पछाडि पट्टी टाउको लाँदा आराम महशुस हुनु आदि जस्ता लक्षण देखिएमा यस औषधिको उपयोग गरिन्छ । सिड्रन स् अत्यधिक टाउको दुख्नु, जुन प्राय एउटै समयमा दुख्ने गर्छ । यस अवस्थामा यसको प्रयोग हितकर हुन्छ ।
आर्जेन्टम नाईट्रिकम : आखाँमा बढि दबाब परेको कारणले यदि टाउको दुख्छ भने यसको प्रयोग गर्नुपर्छ ।
पेटमा जुका पर्नले टाउको दुखेको हो भने टियुक्रियम, नेट्रमफोस, सिना आदि औषधिको प्रयोग लाभदायक मानिन्छ । यसबाहेक कल्केरियाफाँस, कालिफाँस, ब्रायोनिया, जेल्सिमियम आदि औषधिहरुको प्रयोग रोग तथा रोगीको अवस्था हेरिकन लक्षणअनुसार प्रयोग गर्न सकिन्छ । प्रत्येक व्यक्ति (बिरामी) एक अर्काबाट भिन्न हुन्छ र उसको रोग लाग्ने कारण पनि भिन्नै हुनुको साथै उसको पीडा पनि बेग्ले किसिमको हुन्छ ।
यसकारण समष्टिगत रुपले (पुर्ण उपचार) उपचारको लागि कुनै योग्य तथा अनुभवि होमियोप्याथिक चिकित्सकसंग परामर्श लिइ निर्धा्रित औषधिको सेवन गर्नु उपयुक्त हुन्छ ।
प्रतिकृया दिनुहोस