भूपरिवेष्टित राष्ट्रका रुपमा मात्रै नेपाल नरहने : प्रधानमन्त्री

Abi

काठमाडौं । नेपाल भूपरिवेष्टित राष्ट्रका रुपमा मात्रै नरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

बेल्ट एण्ड रोड इनिसियटिभले राजधानीमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले चीनका बिभिन्न बन्दरगाहमार्फत नेपालले तेस्रो मुलुकसम्म वस्तु आयातरनिर्यात गर्न पाउने गरी सहमति भइसकेको उल्लेख गर्दै नेपाल जस्तो भूपरिवेष्टित राष्ट्रका लागि चीनसँगको सहमति ठूलो अवसर भएको बताए ।

भदौ २२ गते पारवहन सम्झौता प्रोटोकलको तेस्रो परामर्श बैठकले मस्यौदालाई अन्तिम रुप दिँदा चीनले नेपाललाई आफ्ना ७ वटा बन्दरगाहमार्फत तेस्रो मुलुकसम्म वस्तु आयातरनिर्यात गर्न दिन सहमति जनाएको थियो ।

चीनसँगको सहमतिले नेपालले वैदेशिक ब्यापारमा चीनतर्फका ठूला बन्दरगहा पनि प्रयोग गर्न पाउने सुनिश्चित भएको उनले बताए । नेपालले सामान आयात निर्यात गर्दा चीनका रेल, बन्दरगाह, वा अन्य यातायातका मार्ग प्रयोग गर्न सक्ने सहमतिले नेपालको आर्थिक विकासमा ठूलो टेवा पुग्ने भन्दै प्रधानमन्त्री ओलीले नेपालमा लागानीका लागिसमेत प्रोत्साहन गर्ने बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...