नेपालको आधिकारीक नक्सा मात्र प्रयोग गर्न आग्रह

Krishi mantralaya

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले नेपालको आधिकारिक नक्सा मात्र प्रयोग गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

नेपालको नक्सा त्रुटीपूर्ण ढंगले विभिन्न मन्त्रालयहरुमै प्रयोग गर्ने गरेको पाइएपछि भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले आईतबार सरोकारवाला निकायसँग छलफल गरी नेपालको आधिकारिक नक्सामात्र प्रयोग गर्न सबैलाई आग्रह गरेको हो ।

त्रुटिपूर्ण रुपमा निशान छापमा समेत नेपालको नक्सा प्रयोगमा ल्याउने काम विभिन्न मन्त्रालयबाटै भएपछि त्यसलाई सच्याउन सम्बन्धित सबैलाई आग्रह गरिएको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले जानकारी दिए ।

उनले अव पनि नेपालको नक्सा त्रुटिपूर्ण ढंगले प्रयोग गरेको पाइए कानुनी कार्वाही गर्न मन्त्रालय बाध्य हुने चेतावनी पनि दिए ।मन्त्रालयले नापी विभागले सार्वजनिक गरेको नेपालको आधिकारिक नक्सा प्रयोग गर्न पटक–पटक आग्रह गर्दै आएको छ ।

तर पनि त्रुटिपूर्ण नेपालको नक्सा प्रयोगमा ल्याउने काम नरोकिएपछि मन्त्रालयले यसलाई सच्याउन अनुगमनको कामलाई प्रभावकारी बनाउने र नेपालको आधिकारिक नक्साको चित्र छपाएर देशभर वितरण गर्ने अभियान पनि संचालन गर्ने योजना बनाएको छ ।

त्रुटिपूर्ण नेपालको नक्सा प्रयोगमा रोक लगाउन अनुगमनलगायतको कामलाई अघि बढाउन नापी विभागलाई निर्देशन दिइएको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पदमा अर्यालले जानकारी दिइन् । विभागका उपमहानिर्देशक सुरेशमान श्रेष्ठले विभागको आधिकारिक वेबसाईटमा राखिएको नेपालको सीमासहितको नक्सा प्रयोग गर्न पुनः आग्रह गरेका हुन् ।

विभागले यस पनि पत्रकार सम्मेलन गरी विभागले तय गरेको नेपालको नक्सा प्रयोगमा ल्याउन सम्बन्धित निकायको गम्भिर ध्यानाकर्षण गराउँदै आएको छ । जग्गा नाप जाँच सम्बन्धि ऐन र नियमावलीमा नापी विभागले तयार पारेको नेपालको नक्सामात्रै प्रयोगमा ल्याउनुपर्ने किटानी व्यवस्था गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...