विमान अपहरणमा पर्ने बहानामा भारतले बढायो एयर मार्शल

Ar indian png

काठमाडौं । काठमाडौंमा उडान भर्ने विमानहरु अपहरणमा पर्ने सूचना आएको भन्दै भारतले एयर मार्शलको संख्या थपेको छ । विमान जुनसुकै वेला अपहरणमा पर्नसक्ने भन्दै विमानको सुरक्षामा कडाई गरिएको हो ।

विशेषगरी भारत र अफगानिस्तानले विमान सुरक्षाका लागि विशेष सुरक्षाकर्मीहरु खटाएका छन् । सुरक्षाकर्मी तथा विमान एजेन्सीहरुलाई खुफिया एजेन्सीले त्यस अपहरणको सूचना दिएको आइतबार ‘हिन्दुस्तान टाइम्स’ले जनाएको छ ।

सूचनापछि भारत र अफगानिस्तानले नेपाल आउने जहाजहरुमा तैनाथ गरिँदै आएको सेनाको संख्यामा बृद्धि गरेको छ । उनीहरुलाई समान्य कपडामा प्लेनभित्र यात्रुको सुरक्षाका लागि खटाइएको छ । विमानभित्र खटिएका विशेष सुरक्षाकर्मीहरुको पहिचानलाई गोप्य राखिएको छ ।

मुख्यगरी काबुलदेखि काठमाडौं उडान भर्ने विमानहरुमा धेरै सुरक्षाकर्मीहरु खटाइएको जनाइएको छ । सन् १९९९ मा पाकिस्तानका आतंककारी समुह ‘हरकात उल मुजाहिदिन’ले दिल्लीदेखि काठमाडौंका लागि उडेको इन्डियन एयरलाइन्सको विमान अपहरण गरेपछि भारतले विशेष सुरक्षादललाई विमानमा खटाउन थालेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...