सतर्क रहौं यी कुरामा, जसले तपाईंलाई चाडैँ बूढो देखाउँछ !

Hotness

काठमाडौं । आम मानिसमा जान वा अन्जानमा केही यस्ता बानीहरु हुन्छन्, जसको कारण छालामा चाउरी तथा डन्डीफोर देखीनुको साथै छिट्टै बूढ्यौली तिर हामीलाई धकेलीरहेको हुन्छ ।

१ लगातार सम्बन्धमा खटपट तथा तनाब आइरहँदा शरीरमा एक प्रकारको हर्मोन निश्काशन हुन्छ जसले प्रतिकुल असर एवं अनुहारमा चाउरी देखीन थाल्छ ।

२ बिहानको नास्ता नलिने बानीले पनि दिनभर थकाईको साथै कमजोर महशुस हुनुले समय अघि नै अनुहारमा चाउरी देखीन थाल्छ ।

३ लगातार एकै ठाउँमा धेरै बेर बसेर काम गर्ने गर्नाले खाएको खाना डाईजेस्ट नभई शरीर मोटो देखीन थाल्छ जसको प्रतिकुल असर अनुहारमा पर्दछ ।

४ दिनभर कम्तिमा आठ देखी नौ गिलास पानी नपिउने बानी जसले शरीरमा डिहाईड्रेट भई शरीर शुक्खा हुनुको साथै अनुहारमा चाउरी देखीन थाल्छ ।

५ रक्सी, गाँजा, ड्रग्सको नशामा रहने ब्यक्तीको शरीरमा कार्टीशोल नामक हर्मोन रिलिज गरी स्ट्रेस बढाउने हुँर्दा समय अगावै मानिस बूढो देखीन थाल्छ ।

६ एकै चोटी धेरै काम गर्ने गर्दा धेरै नै परिश्रम पर्न गई थकान पर्न जान्छ र दिमाग भारी भई मुटुमा समेत असर देखीन थाल्छ र यसलेै अनुहारमा पनि गहिरो असर पार्दछ ।

७ धेरै अनुशन्धानहरुले यो देखाएको छ कि पुरै नीन्दा्र नलिने बानी जस्तो कम्तिमा ७ देखी आठ घण्टा नसुत्ने गर्दा हाई ब्लड प्रेसर ,स्ट्रेस, मुटु सम्बन्धी सम्स्या देखीन थाल्छ र सोझै असर अनुहारमा देखीन थाल्छ ।

८ दही,दूध,अण्डा,माछा, मासु, हरीयो सागपात जस्ता अत्याबश्यक भिटामीन युक्त खाना नखाँदा शरीरलाई आबश्यक तत्वको कमि हुन गई मानिस समय अगावै बूढो देखीन्छ ।

९ घाममा घुमफिर गर्दा सनस्क्रिन क्रिम नलगाउँदा पनि अनुहारमा घामको बिकिरणले अनुहारको नरमपना सोसेर कालो तथा दाग देखींदै जान्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...