नयाँशक्ति पार्टी संयोजकको मृत्युबारे छानविन गर्न समिति गठन

Xanbina samiti gathann

काठमाडौं । नयाँशक्ति पार्टीका जुम्ला जिल्ला संयोजक राधाकृष्ण बुढाथापाको मृत्युबारे छानविन गर्न उच्चस्तरीय छानविन समिति गठन भएको छ । गृह मन्त्रालयले आइतबार पाँच सदस्यीय छानविन टोली गठन गरी जुम्ला पठाएको हो ।

गृह मन्त्रालयका सहसचिव गोपाल अर्यालको नेतृत्वमा गठित समितिमा प्रहरी उपरीक्षक टेकबहादुर खनाल, सशस्त्र प्रहरी उपरीक्षक गुणाखर खनाल, राष्ट्रिय अनुसन्धानका उप अनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा, जिल्ला सरकारी वकिल कार्यालय जुम्लाका जिल्ला न्यायाधिवक्ता रञ्जिता पोखरेल र कर्णाली प्रदेशका अन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव उपेन्द्रकेशरी खनाल सदस्य रहेका छन् ।

नयाँ शक्तिका जिल्ला संयोजक चन्दननाथ नगरपालिका–२ का स्थानीय ४३ वर्षीय बुढाथापा गत साउन २० गते जुगाडखोला नजिकै मृत अवस्थामा भेटिएका थिए। मृत्युको कारण खुल्न सकेको छैन। स्थानीय तथा आफन्तले उनको हत्या भएको हुनसक्ने भन्दै हत्यारा पत्ता लगाएर कारवाही गर्न मागसहित विरोध प्रदर्शन गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...