संघीयताका कारण कर वृद्धि भयो, खारेज गरौं : चित्रबहादुर केसी

Chitra bahadur kc

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताका कारण कर वृद्धि भएको भन्दै संघीयता खारेज गर्नुपर्ने बताएका छन् ।

अध्यक्ष केसीले मंगलबार विज्ञप्ति प्रकासित गरी कर वृद्धि, महङ्गी, भ्रष्टाचार तथा सङ्घीयताका विरुद्ध देशव्यापी रूपमा आन्दोलन गर्न जनतासित अपिल गरेका छन् ।

राजमोले सर्वसाधारणको ढाड सेक्नेगरी भइरहेको कर वृद्धि विरुद्ध आन्दोलनको घोषणा समेत गरेको छ। भदौ र असोज महिनाभर विभिन्न जिल्लामा आन्दोलनका कार्यक्रम गर्ने जनाइएको हो ।अहिले भइरहेको कर वृद्धि संघीयताको परिणाम भएको उल्लेख गर्दै प्रादेशिक संरचनाको बढेको खर्चले गर्दाखेरी नै सरकारले कर बढाउँदै लगेको राजमोले जनाएको छ ।

‘त्यसकारण सङ्घीयतालाई खारेज गरेर नै अहिलेको बढेको करलाई कम गर्न सकिन्छ र गर्नु पर्दछ भन्ने हाम्रो पार्टीको दृढ मत छ ।’ अध्यक्ष केसीद्वारा प्रेसित वक्तव्यमा भनिएको छ, ‘हाम्रो यो स्पष्ट मत छ कि सङ्घीयतालाई खारेज गरेर प्रजातान्त्रिक विकेन्द्रीयता र स्थानीय स्वायत्त शासनमाथि आधारित एकात्मक प्रणालीको स्थापना गर्नु पर्दछ ।

’ राजमोले सङ्घीयता अन्तर्गत प्रादेशिक संरचनाको अत्यधिक खर्च बढेको हुनाले स्थानीय तहलाई केन्द्र सरकारबाट मिल्ने अनुदान धेरै नै कम भएको बताउँदै स्थानीय तहले लगाउने कर कम गरेर उनीहरूलाई केन्द्रबाट मिल्ने अनुदान बढाउनसमेत माग गरेको छ । त्यसो भयो भने स्थानीय तहले लगाएको कर कम हुने राजमोको ठहर छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...