अपराधमाथि ढाकछोप गर्नु झन् जघन्य अपराध : मसाल

Mohan bikram singh

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याका घटनाका अपराधीमाथि ढाकछोप गर्ने प्रयत्न गरियो त्यो झन् गम्भीर जघन्य अपराध बताएको छ ।

शनिबार एक विज्ञप्ति प्रकाशित गरी मसालका महामन्त्री मोहन विक्रम सिंहले अहिलेसम्म पन्तको अपराधी पत्ता नलाग्नु दुखद रहेको बताएका छन् ।‘यसका लागि हामीले कञ्चनपुरका जनतालाई धन्यवाद दिन चाहन्छौँ कि उनीहरूले निर्मला पन्तको बलात्कार र हत्याको घटनालाई सजिलैसित दवाउन दिएनन् र त्यो विषयमा लगातार आन्दोलनलाई अगाडि बढाई राखे ।

विज्ञप्तिमा भनिएको छ, ‘कञ्चनपुरका जनताको उच्च प्रकारको जागरुकताबाट सम्पूर्ण देशले शिक्षा लिनुपर्ने आवश्यकता छ ।’ मसालले हत्याको निश्पक्ष छानविन गर्न, संलग्नमाथि कडा कारवाही गर्न तथा मृतक सनि खुनालाई शहीद घोषणा गर्न, मृतकका परिवारलाई क्षतिपुर्ति दिन र घाइतेहरुको उचित उपचारमा ध्यान दिन पनि आग्रह गरेको छ ।

घटनाको जाँचका लागि उच्चस्तरी टोली कञ्चनपुरमा पठाएको छ र त्यहाँको प्रशासन वा प्रहरीका कैयौँ उच्चपदस्थ कर्मचारीहरूलाई निलम्बन गर्ने वा हेडक्वाटरमा हाजिर हुन आदेश समेत दिएको छ ।

सरकारले उठाएका त्यस प्रकारका कदमहरूबाट वास्तविक अपराधीलाई पत्ता लगाएर उनीहरूलाई सजाय दिने काम हुन सक्यो भने त्यो स्वागतयोग्य कार्य हुने समेत विज्ञप्तीमा भनिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...