टिकापुर घटनाको तीन वर्ष पुरा, पुनः छानविन गर्न माग

Tikapur ghatana

काठमाडौं । एक बालक र एसएसपीसहित ८ जना सुरक्षाकर्मीको ज्यान जाने गरी टिकापुरमा भएको घटनाको तीन वर्ष पुगेको छ । २०७२ साल भदौ ७ गते टिकापुरमा भएको हिंसात्मक झडपमा अरु धेरै जना घाइते भएका थिए ।

घटनाको तीन वर्ष पछि थरुहट संघर्ष समितिले टिकापुर घटनाको यथार्थ छानविन गर्न सरकारलाई पुनः दवाव दिएको छ । टिकापुर घटनाको तेस्रो वर्षको अवसर पारेर बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी थरुहट संघर्ष समितिले टिकापुर घटनाको पुनः छानविन गर्न दबाब दिएको हो ।

समितिकी संयोजक रुकमणी चौधरीले टिकापुर घटनाको पुनः यथार्थ छानविन गर्न सरकारसँग माग गरिन् । उनले टिकापुर घटनाको अभियोगमा बन्दी जीवन बिताईरहेका २६ जना बन्दीहरुको तत्काल रिहा गर्न पनि सरकारसँग माग गरिन् ।

पूर्व सांसद समेत रहेकी चौंधरीले सरकारले टिकापुर घटनाका पीडितलाई न्याय दिन नचाहेको भन्दै आक्रोश पनि व्यक्त गरिन् । उनले टिकापुर घटनाका पीडितलाई राहतको व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएकी छन् ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका सांसद हरिराम चौधरीले टिकापुर घटनालाई अपराधिकरण नगर्न सरकारको ध्यानाकर्षण गराए। उनले टिकापुर घटनामा निर्दोष नागरिकलाई यातना दिने काम अन्त्य गरेर सो घटनाको यथार्थ छानवीन गर्न सरकारलाई सघाउन पनि सम्बन्धित पक्षसँग आग्रह गरे।

सोही घटनाको मुख्य योजनाकारको आरोप लगाइएका सांसद रेशम चौधरीसहित २६ जना जेल जीवन बिताईरहेका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...