कसलाई ‘आउँ प्रिय’ भन्दैछन् सुरेन बान्तावाले ? हेर्नुस् भिडियो
काठमाडौं । सन् २०१६ मा सञ्चालित व्हाट्सएप् नेपाली तारा सिजन वान भएको थियो । त्यतिबेला सुरेन पाँच सयभन्दा बढी प्रतिष्पर्धीलाई पाखा लगाउँदै बान्तावाले बाजी मारेका थिए ।
तिनै बान्तवा आज ‘आऊ प्रिय साँझको दियो बनेर’ बोलको गीत लिएर आएका छन् । उनले निक्कै मिठा र कर्णप्रिय भावका हरफहरू गाउँदै व्हाट्सएप नेपाली तारा सिजन वानका बिजेता बनेका थिए ।
भोजपुरमा जन्मिएका बान्तावाले गाएको ‘आऊ प्रिय साँझको दियो बनेर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । जुन गीतलाई मनोज साङसोङ राईले संगीत गरेका छन् भने शब्द पविन दाहालले कोरेका छन् ।
प्रतिकृया दिनुहोस