तिज फेशन शो तथा म्युजिकल ईभेण्ट हुने

Tij feshan so

काठमाडौं । नेपाली नारीहरुको महान पर्व तिज नजिकँदै गएको छ । यसैक्रममा तिजको अवसर पारेर तिज फेशन शो तथा म्युजिकल ईभेण्ट हुने भएको छ ।

आगामी शनिबार काठमाडौंमा हुन लागेको सो तिज फेशन शो तथा म्युजिकल ईभेण्टमा महिलाहरुलाई तिजको बिशेष पहिरनमा चर्चित फेशन डिजाइनरहरुको ड्रेस डिजाइनमा मोडलहरु ¥याम्पमा उत्रिने छन् ।

एल एण्ड एन मोडल एजेन्सी प्रालिको आयोजनामा हुन लागेको सो तिज फेशन शो तथा म्युजिकल ईभेण्टमा मोडल र नायिकाहरुको समेत उपस्थित रहने छ ।

फेशन शोमा १५ देखि ३५ वर्षसम्मका मोडलहरुले अडिसनमा सहभागी जनाउन सक्ने र अडिसनबाट छानिएका मोडलहरुलाई निःशुलक ट्रेनिङ तथा मिडिया एक्स्पोज गरिने मोडल तथा कोरियोग्राफर नितेश कर्णले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...