आउँदो जेठबाट बिजुली निर्यात गर्छौं : प्रधानमन्त्री ओली

Pm

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी १० वर्षभित्र व्यापार घाटा असन्तुलनबाट सन्तुलनमा लैजाने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं १ द्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले नेपालमा आगामी जेठसम्ममा निर्यात हुने बिजुली उत्पादन हुने बताए ।

प्रधानमन्त्री ओलीले अगामी दिनमा संयुक्त राष्ट्र सङ्घमा हुने सम्मेलनमा नेपाल सरकार फरक ढङ्गले प्रस्तुत हुने तथा बिम्स्टेक र सार्कलाई सक्रिय बनाउन नेपाल सरकारले पहल गर्ने जानकारी दिए । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले देशको समस्या हेरेर अघि बढ्न र जनतालाई मन नपर्ने काम नगर्न कार्यकर्तालाई निर्देशन दिए ।

उनले आफ्नो सेवा र सुविधाभन्दा पनि जनताको आवश्यकता र चाहनामा केन्द्रित हुन तथा जनतासँग मित्रवत् व्यवहार गर्न जनप्रतिनिधिलाई आग्रह गरे । सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले समाजवादको यात्रालाई सार्थक बनाउन धनी र गरीबबीचको अन्तरलाई कम गर्दै जाने बताउँदै यस क्षेत्रका ठूला नदी नियन्त्रण र विकासका योजना आउने जानकारी दिए ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ लाई नमूना प्रदेश बनाउनेतर्फ प्रदेश सरकार क्रियाशील रहेको बताए । नेकपा प्रदेश नं १ का कार्यदल संयोजक भीम आचार्यको अध्यक्षतामा सो कार्यक्रममा भएको थियो ।

कार्यक्रममा विस्थापित किसान, इत्तेहाद मुस्लिम सङ्गठन, स्थानीय तहका कर्मचारी, उखु किसान, बाढीपीडित र सुनसरी मोरङ सिँचाइ आयोजनाका उपभोक्ता समूहले प्रधानमन्त्री ओलीलाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...