प्रकाण्डलाई २४ घण्टाभित्र हाजिर गराउन आदेश

Khadgabahadur bk prakanda 1

काठमाडौं । सर्वोच्च अदालतले विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

वीरेन्द्र विश्वकर्माले दिएको बन्दी प्रत्यक्षीकरण रिटमा आइतबार सुनुवाइ गर्दै न्यायाधीश इश्वर खतिवडाको एकल इजलासले विश्वकर्मालाई पक्राउ गर्नुको कारणसहित २४ घण्टाभित्र उपस्थित गराउन आदेश जारी गरेको हो ।

विश्वकर्मालाई यही भदौ १ गते न्यायाधीशहरु चोलेन्द्रशम्शेर राणा र तेजबहादुर केसीको संयुक्त इजलासले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार राजन भट्टराई र नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीको रोहवरमा छाड्न आदेश दिएको थियो ।

तर रिहा गर्न आदेश दिएलगत्तै क्रसरमा विस्फोट गराएको आरोपमा प्रहरीले फेरि पक्राउ गरेको थियो । सोमबार नै जिल्ला प्रहरी कार्यालय काभ्रेले प्रकाण्डमाथि अनुसन्धानका लागि जिल्ला अदालतबाट ३ दिनको म्याद लिएको छ ।

विश्वकर्मालाई व्यापारीसँग रु सात करोड चन्दा असुली गरेको आरोपमा चन्दा ऐन २०३० अनुसार काठमाडौँ प्रहरीले कारवाही अघि बढाएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...