मन्त्रीहरुको ब्यस्त दैनिकी : रिबन काट्ने, अतिथि आसन र भाषण

मन्त्री1

काठमाडौं । चीनमा प्रधानमन्त्री वर्षमा एक दुई पटक मात्र सार्वजनिक कार्यक्रममा देखिन्छन् तर हाम्रा मन्त्रीहरुलाई दिनहुँ दर्जनौँ कार्यक्रममा जानुपर्छ ।

नेपाली जनताले लामो समयदेखि एउटै पार्टीको बहुमतको सरकारको चाहना राख्दै आएका थिए । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि त्यो चाहना पूरा पनि भयो । त्यति मात्र होइन, उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम पनि सरकारमा गएपछि मुलुकले दुईतिहाई बहुमत नै प्राप्त सरकार पायो ।

तर जुन जोगी आए पनि कानै चिरेका भनेको जस्तो संघीय संरचनाका मन्त्रीहरूका अहिलेसम्मको दिन विगतका सरकारको पालामा जस्तै औपचारितामा बित्यो, बितिरहेछ ।

उनीहरूको दिनचर्या उद्घाटन, पार्टीका कार्यक्रमको भाषण, सभा–समारोहमा अतिथि आसन ग्रहण, शिलान्यास, पुस्तक बिमोचनमै बित्यो । नीति निर्माण तहमा पर्याप्त ध्यान नदिँदा छ महिना बितिसक्दासम्म परिणाम भने हात लाग्यो शून्य छ ।

मन्त्रीको मुख्य काम राष्ट्रिय नीति निर्माण गर्ने, राष्ट्रिय रुपमा देखिएका समस्याको समाधानका लागि नीतिगत उपाय खोज्ने, नीतिनियम प्रभावकारी भए नभएको अनुगमन र मूल्याकंन गर्ने हो ।

तर उनीहरूको व्यस्तताका कारण समयमा नै निर्माण हुनुपर्ने नीतिनिर्माण समेत प्रभावित हुन पुगेको छ । सरकारको कार्यशैली परम्परागत नै छ, कुनै प्रभावकारिता देखिएको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...