प्रकाण्डलाई थुना मुक्त गर्न सर्वोच्चमा अर्को रिट

Prakanda 1

काठमाडौं । चन्दा असुलेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई थुनामुक्त गर्न माग गर्दै रिट निवेदन दायर भएको छ ।

प्रकाण्डका तर्फबाट वीरेन्द्र विश्वकर्माले उनलाई थुनामुक्त गर्न माग गर्दै आइतबारसर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका हुन् । यही भदौ १ गते न्यायाधीशहरु चोलेन्द्र शम्सेर राणा र तेजबहादुर केसीको संयुक्त इजलाशले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार राजन भट्टराई र नेपाल बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसीको रोहवरमा प्रकाण्डलाई छाड्न आदेश दिएको थियो ।

आदेशमा गैरकानूनी रुपमा थुनामा राखेको उल्लेख गर्दै थुना मुक्त गर्न भनिएको थियो । सर्वोच्च अदालतको आदेश आएकै दिन राति उनी पुनः पक्राउ परेका थिए । सो पक्राउ गैरकानूनी भएको भन्दै आज रिट निवेदन दायर गरिएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...