नेपाली विद्यार्थीलाई सहुलियत दिने
काठमाडौं । नेपाली विद्यार्थीलाई सहुलियत दिएर पढाउन भारतको भागवंत विश्वविद्यालयका डिन डा. धर्मेन्द्र दुवे केही दिनदेखि काठमाडौं आएका छन् ।
विश्व विद्यालयले १० वर्ष अघिदेखि नेपाली विद्यार्थी लगेर सहुलियतमा गुणस्तरीय शिक्षा दिँदै आएको डिन दुवेले बताए ।
विश्वविद्यालयमा बीटेक, एमटेक, वीएस्सी एजी, एम्बीए, बीएड्, एम्एड्, एल्एलबी, बीफार्मा, एमफार्मा पढाई हुने गर्छ । डिन दुवेले सबै नेपाली विद्यार्थीलाई ५० प्रतिशत छुट दिइने बताए ।
‘हामी सस्तो दरमा विद्यार्थीलाई पढाउँछौं । तर पनि त्यसको प्रचारप्रसार गरेका छैनौं’ दुवेले भने ‘जसले हाम्रो विषयमा बुझ्नुभएको छ, उहाँहरुले कहिल्यै पनि गुनासो गर्नुभएको छैन ।’
दुवेले शुक्रबारदेखि बागबजारको सताक्षी एजुकेशन फाउण्डेसनमा विद्यार्थी तथा अभिभावकसँग अन्तरक्रिया र छलफल गर्दै आएको सताक्षीका प्रवन्ध निर्देशक उमेश ढुंगेलले बताए ।
प्रतिकृया दिनुहोस