स्थानीय तहले लिने करबारे पुनर्विचार गर्न प्रदेश मन्त्रीको आग्रह

Indra bahadur aangbo

झापा । प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले स्थानीय तहले लिने पञ्जीकरण शुल्कमा पुनर्विचार गर्नुपर्ने बताएका छन् ।

दमक उद्योग वाणिज्य सङ्घको २७औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री आङ्बाले भने ‘जन्म, मृत्यु, विवाहलगायत व्यक्तिगत घटना दर्ताका लागि लिइने शिल्कका विषयमा विवाद आइरहेको छ, यसमा स्थानीय तहले विचार गर्नुपर्छ ।’

उनले जनभावनाअनुरुप शुल्क निर्धाण गर्न आग्रहसमेत गरे ।

दोहोरो करका विषयमा चर्चा गर्दै मन्त्री आङ्बोले कतै पनि दोहोरो कर लगाउन नपाइने बताए । ‘तीन तहको सरकारका कारण कतै पनि दोहोरो लाग्दैन’, उनले भने, ‘यदि कहीँ त्यस्तो भएको छ भने पनि तुरुन्त सच्याइने छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...