सीपीएलमा सन्दीपले एकै ओभरमा लिए २ विकेट

Sandeep wofepruluz

काठमाडौं । क्यारेवियन प्रिमियर लिग क्रिकेटको तेस्रो खेलमा जमाइका विरुद्धको खेलमा नेपाली युवा बलर सन्दीप लामिछानेले एकै ओभरमा दुई विकेट लिएका छन् ।

उनले आफनो दोस्रो ओभरको दोस्रो बलमा लुइसलाई सिकार बनाए भने चौथो बलमा म्याकार्थेलाई आउट गरे । पहिलो ओभरमा १० रन खर्चिएका सन्दीपले दोस्रो ओभरमा आठ रन दिँदै दुई विकेट हात पारे ।

यो प्रतियोगितामा सन्दीपले ३ खेलमा ५० रन खर्चिदै ५ विकेट हात पारी सकेका छन् । जारी सीपीएलमा कम रन दिएर विकेट लिने दोस्रो खेलाडी बनेका सन्दीपले जमाइका विरुद्ध चार ओभरमा २१ रन खर्चिएर दुई विकेट हात पारे ।

जमाइकाको पहिलो विकेटको साझेदारीलाई तोड्दै सन्दीपले किनर लुइसलाई ४९ रनमा आउट गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...