पुनर्निर्माण प्राधिकरणको सीईओमा पुनः सुशील ज्ञवाली

Sushil gyawali

काठमाडौं। सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकारणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ ।ज्ञवालीलाई अघिल्लो पटक ओली सरकारले नै प्राधिकरणको सीआईओ बनाएको थियो। तर, प्रचण्ड सरकारले हटाएको थियो।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई पुनः प्राधिकरणको सीईओमा नियुक्त गरेको हो।
चरम राजनीतिकरण भएको प्रधिकरणमा पहिलेको सरकारले नियुक्त गरेको सिइओलाई पछिल्लो सरकारले हटाउने र अर्को सरकार गठन भएपछि पुनः फिर्ता ल्याउने क्रम चलिरहेको छ।

सुरुमा गोविन्दराज पोखरेल सीईओ थिए। तर, केपी ओली सरकारले उनलाई हटाएर ज्ञवालीलाई ल्याए। ओली सरकार ढालेर कांग्रेस र तत्कालीन माओवादी केन्द्रको सरकार बन्यो, जसमा पोखरेल पुनः प्राधिकरण फर्किए।

प्रचण्ड नेतृत्वको सरकारले हटाएपछि ज्ञवाली पुनर्वहालीका लागि अदालत गएका थिए। त्यसयता दुईवटा सिइओ परिवर्तन भइसकेपनि उनको मुद्दा अदालतमा बिचाराधिन छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...