टेलिकमकी महाप्रबन्धक कामिनी बर्खास्त !

Kamini rajbhandari 9

काठमाडौं । सरकारले नेपाल टेलिकमकी महाप्रबन्धक कामिनी राजभण्डारीलाई बर्खास्त गरेको छ । मंगलबार साँझ बसेको मन्त्री परिषद बैठकले यो निर्णय गरेको हो ।

टेलिकमको नाफा अघिल्लो वर्षको भन्दा एक अर्ब घटेको, टावर विस्तार गर्न नसकेको, फोरजी विस्तारमा अनियमितता गर्न खोजेकाले उनको कार्यशैलीबाट टेलिकम अघि बढ्न नसक्ने निष्कर्ष सहित हटाउने निर्णय गरेको मन्त्री बाँस्कोटाले बताए ।

तीन वर्षे कार्यकालका लागि २०७३ असोजमा नियुक्त भएकी कामिनी राजभण्डारीसँग ओली सरकारले दोस्रो पटक केही दिनअघि स्पष्टीकरण सोधेको थियो। पहिलो पटक स्पष्टीकरण सोधेर सफाइ दिएपछि पनि राजभण्डारीले टेलिकमको हितमा काम गर्न नसकेको ठहरसहित उनलाई दोस्रो पटक स्पष्टीकरण सोधिएको थियो ।

राजभण्डारीले दिएको जवाफ चित्त नबुझेकाले मंगलबार साँझ बसेको मन्त्रीपरिषद बैठकले पदबाट हटाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बताए।

मन्त्रीपरिषद बैठकले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानलाई पुनर्गठन गर्ने निर्णयपनि गरेको मन्त्री बाँस्कोटाले बताए।

परराष्ट्र मामिलाका सम्बन्धमा थिंकट्याङ्क संस्थाको रुपमा रहेको प्रतिष्ठानमा डिल्लीराज घिमिरे, अधिबक्ता हरि फुयाँल, डा शंकर शर्मा, डा खड्ग केसी, प्रा डा मीना बैद्य मल्ल, अवकास प्राप्त उपरथी हिमालय थापा, भवानी राणा, लालबाबु यादवलाई तीन बर्षका लागि नियुक्त गरिएको छ।

बैठकले रोजगारीको हक, खाद्य सम्प्रभुता, बालबालिका सम्बन्धी विधेयकलाई अघि बढाउने निर्णय पनि गरेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...