मुआब्जा र क्षतिपुर्ती रकममा पुँजीगत लाभकर लिनु अनुचित

Raprapa

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले बुढीगण्डकी परियोजनाका प्रभावितहरुलाई मुआब्जा वापत दिने क्षतिपूर्ति रकममा पूँजीगत लाभकर लिने सरकारको निर्णय गलत भएको ठहर गरेको छ।

मंगलबार पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले सरकारको सो निर्णय अनुचित, अन्यायपूर्ण र प्राकृतिक न्यायको सिद्धान्त विपरित भएको जनाएका छन्।

बुढीगण्डकी आयोजना र मुआब्जा प्रदान गर्नुपर्ने अन्य आयोजनाहरुमा समेत मुआब्जा वापतको रकममा पूँजीगत लाभकर नलिन र लिइसकेको भए प्रभावित जनतालाई अविलम्ब फिर्ता गर्न राप्रपाले सरकारसँग जोडदार माग गरेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...