हृदयश र वृजेश : भित्र नेकपा, बाहिर स्वतन्त्र !

Hirdayash tripathi

काठमाडौ‌ । सांसद हृदयेश त्रिपाठी र वृजेश गुप्ता संसदभित्र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र संसद् बाहिर स्वतन्त्र नेताका रूपमा प्रतिनिधित्व गरिरहेका छन् ।

राजपा परित्याग गरी त्रिपाठी र गुप्ताले निर्वाचनताका स्वतन्त्र राजनीतिक समूह बनाई एमालेको सूर्य चिह्नबाट निर्वाचन लडेका थिए ।

नवलपरासी पश्चिम–१ बाट त्रिपाठी र कपिलवस्तु–२ बाट गुप्ता निर्वाचित भएका हुन् । तर, उनीहरू नेपाल कम्युनिस्ट पार्टीका सदस्य भने होइनन् । राजपा नेपाल परित्याग गरी स्वतन्त्र राजनीतिक समूह बनाएर एमालेसँग तीनबुँदे सहमति गर्दै उनीहरू वाम गठबन्धनको साझा उम्मेदवार बनेका थिए ।

सांसद त्रिपाठीले वाम गठबन्धनसँग तालमेल गरेर निर्वाचन लडेकाले संयुक्त घोषणापत्रअनुसार नै काम गरिरहेको बताए । तर, नेकपाको सदस्य नभएकाले पार्टीको निर्णय मान्नैपर्ने आवश्यक नरहेको उनले बताए ।

ने क पा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले त्रिपाठी र गुप्ताले पार्टी प्रवेश नगरेको बताए । तर, संसदभित्र सहमतिकै आधारमा अगाडि बढिरहेको उनले बताए । अहिलेसम्म कुनै विवाद नभएको उनको भनाइ छ ।

संसदभित्रको सार्वजनिक लेखा समितिमा त्रिपाठी सदस्य छन् । गुप्ता राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य छन् । दुवैको सिफारिस नेकपाले गरेको हो ।

सांसद गुप्ताले कानुनी रूपमा संसद्मा नेकपाको ‘ह्विप’ मान्नुपर्ने बाध्यता रहेको बताए । तर, संसद्मा विशेष परिस्थितिमा ह्विप मान्नुपर्ने भए पनि बाहिर ने क पाको निर्णय मान्न आवश्यक नभएको उनको भनाई छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...