औचित्यका आधारमा संविधान संशोधनः प्रधानमन्त्री ओली

Oli

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुने बताएका छन् ।सोमवार नेपालको संविधान सम्मेलन नामक कार्यक्रमको समापन गर्दै प्रधानमन्त्री ओलीले संविधानमा फरक मत राख्दै आएका विभिन्न राजनीतिक दलका मागलाई समेत सम्बोधन गर्न संविधान संशोधन गर्न सकिने बताएका हुन् ।

आवश्यकताका आधारमा संविधानलाई संशोधन गरेर सर्वोपरि संविधान बनाउने सरकारको ध्येय रहेको प्रधानमन्त्री ओलीको तर्क थियो।उनले नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान भएको पनि जिकीर गरेका छन् ।

बहुमतबाट निर्माण गरिएको संविधान विश्वकै उत्कृष्ट भएको बताएका उनको भनाइ छ । संविधान निर्माणसँगै संविधान कार्यान्वयनमा जोड दिदै जनताको प्रत्यक्ष जीवन शैलीसँग जोडिएका हक अधिकारलाई सुनिश्चित गर्न नेपालको संविधान सफल भएको पनि बताए ।

नेपाली इतिहासमा निर्माण गरिएका ७ वटा संविधान मध्येको उत्कृष्ट संविधानले जनतालाई विभिन्न हक र अधिकार दिएर सभ्य समाज निर्माण गर्न समेत सफल भएको बताए । संविधानले दिएका अधिकारको सुनिश्चितताका लागि आवश्यक ऐन कानून निर्माण गरेर संविधानलाई कार्यान्वयन गर्न सरकार अग्रसर रहेको प्रधानमन्त्री ओलीको दावी थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...