काउन्सिलको परीक्षामा ७६ प्रतिशत डाक्टर फेल

Doctor

काठमाडौ‌ । नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा २४ प्रतिशत मात्र पास भएका छन् । लाखौं तिरेर पढेका डाक्टरमध्ये ‘लाइसेन्स’ परीक्षामा ७६ प्रतिशत फेल भएका हुन् ।

काउन्सिलको परीक्षामा सात सय ७६ जना एमबीबीएस अध्ययन सकेका विद्यार्थी सहभागी थिए। नौ जना परीक्षार्थी फाराम भरेपनि परीक्षामा अनुपस्थित थिए।

कुल परिक्षार्थीमध्ये १ सय ८९ जनामात्र उत्तीर्ण भएको काउन्सिल सदस्य एवं प्रवक्ता डा.कृष्ण अधिकारीले जानकारी दिए। असफल हुने परीक्षार्थी स्वदेश र विदेशमध्ये कुन ठाउँ र कलेजमा अध्ययन गरेका हुन् भन्ने छुट्याई नसकिएको अधिकारीले बताए।

वर्षमा तीन पटक लिइने परीक्षामा यसपटक सबैभन्दा धेरै असफल भएको काउन्सिलले जनाएको छ। गत वर्ष मंसिरमा लिएको परीक्षामा ३९ प्रतिशत परिक्षार्थी असफल भएका थिए।

काउन्सिल सदस्यसमेत रहेका नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष प्राध्यापक डा. ढुण्डीराज पौडेलले लाखौं खर्च गरेर पढेका विद्यार्थी लाइसेन्सिङ परीक्षामा असफल भएको देख्दा आफूलाई चिन्ता लागेको बताए।

यसअघिका परीक्षामा समेत असफल भएका विद्यार्थीको संख्या धेरै भएकाले अनुत्तीर्ण भएको काउन्सिल पदाधिकारी बताउँछन्। ‘यस्तो नतिजा आउनुमा पढाउने शिक्षक, कलेजको वातावरणलगायत विभिन्न पक्ष जिम्मेवार छन’, डा. अधिकारीले भने। उनले वर्षभरि तीनपटकको उत्तीर्ण औसतदर ६० देखि ७० प्रतिशत हुने गरेको बताए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...