विभिन्न खेलाडी डानबाट दिक्षित, सदस्य सचिवले दिए प्रमाणपत्र

Goju kai karate do black belt

काठमाडौं । नेपाल गोजुकाई कराते डो संघसँग आवद्ध सात खेलाडी तथा प्रशिक्षक तेस्रो डान (सान डान) बाट दिक्षित भएका छन् ।

तेश्रो डान प्राप्त गर्ने खेलाडी तथा प्रशिक्षकहरुमा अच्यूत उप्रेती, प्रेम थापा, दिनेश परियार, बिमलप्रसाद थपलिया, चन्द्र खत्री, शान्ति लामा र जय प्रकाश राई छन् ।

७ जना दोस्रो डान (नि डान) र १७ जना पहिलो डान (सो डान) बाट दिक्षित भएका छन् । दोस्रो डान (नि डान) बेल्ट टेष्ट परिक्षाबाट सफलता हात पार्न सफल सात परिक्षार्थीहरु तिलक गुरुङ, जितबहादुर पुलामी, श्रृजना दाहाल, पेम्बा शेर्पा, कैलाश राई, बालकुमारी थामी र सञ्जय तामाङ छन् ।

त्यसैगरी बेल्ट परिक्षाबाट प्रथम डान (सो डान) हात पार्नेमा मनोज बुढाथोकी, थुप्तेन जिमी लामा, संगिता तामाङ, प्रतिक्षा थापा मगर, बिन्द्रा राई, सुभाष तामाङ, बिवेक थापा, भावना शाही, निशान्त रिजाल, अनिष श्रेष्ठ, बाबुलाल श्रेष्ठ, सुप्रिया कुँवर, रजिता केसी, प्रविन राना पियाली, अर्मन शाह, बिशाल श्रेष्ठ र अर्नभ श्रेष्ठ छन् ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार बिष्ट र नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष पुरेन्द्र विक्रम लाखेले बेल्ट ग्रेड परिक्षामा सफलता हात पार्ने खेलाडी तथा प्रशिक्षकहरुलाई गोजुकाईको जापान हेडक्वाटरबाट प्राप्त प्रमाण पत्र तथा वेल्ट प्रदान गरे ।

बेल्ट टेष्ट परिक्षामा सफलता हात पार्ने सवैलाई प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव बिष्टले प्रमाण पत्र तथा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष पुरेन्द्र विक्रम लाखेले बेल्ट प्रदान गरे ।

बेल्ट ग्रेट परिक्षा नेपाल गोजुकाई कराते डो संघका महासचिव एवं प्रमुख प्रशिक्षक ईन्द्र कुमार खड्गीले संचालन गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...