कांग्रेसले अधिनायकवादको कृतिम हल्ला चलायो : परराष्ट्र मन्त्री

Pradip gwali jpg

काठमाडौं। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारविरुद्ध भ्रम सृजना गर्ने कोशिस गरिरहेको आरोप लगाएका छन् ।

परराष्ट्रमन्त्री ज्ञवालीले अधिनायकवादको कृतिम हल्ला गरी कांग्रेसले सरकारविरुद्ध भ्रम सृजना गर्न कोशिस गरिएको बताएका हुन् ।

आईतबार भक्तपुरमा स्थानीय संचारकर्मीमाझ परराष्ट्रमन्त्री ज्ञवालीले लोकतन्त्रलाई मर्यादित बनाउन र जनताको जीवनस्तरसँग जोड्न सरकारले सक्दो पहल गरिरहेको पनि बताए । लोकतन्त्रलाई कहीँकतै पनि कमजोर हुन नदिन सरकार सचेत रहेको परराष्ट्रमन्त्री ज्ञवालीको भनाई छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले अन्तराष्ट्रिय सम्बन्धलाई अझै सुदृढ बनाउन सरकारले छिमेकी मुलुक भारत तथा चीन र संयुक्त राष्ट्र संघसँगको सम्बन्धलाई अझै समुधुर बनाउने प्रयास गरिरहेको पनि स्मरण गराए । उनले नेपालको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु-याउनु विश्वकै ठूलो उपलब्धि भएको उल्लेख गर्दै त्यसको अनुभव विश्वसामू पु-याउने योजना पनि अघि सारे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...