थाइलयाण्डसँग नेपाल ४–० गोल अन्तरले पराजित

Nepali cricket teem

काठमाडौं । ‘एशियन गेम्स’को तयारीस्वरुप थाइल्याण्डमा प्रशिक्षण गरिरहेको नेपाली युवा फुटबल टोली आज त्यहाँको यू–२३ टोलसँग ४–० ले पराजित भएको छ ।

शुक्रबार बैङ्ककस्थित थाम्मासत विश्वविद्यालयको मैदानमा भएको खेलमा नेपाल ४–० गोलअन्तरले पराजित भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

नेपालले भदौ २ गतेबाट औपचारिक रुपमा शुरु हुने एशिया र त्यसलगत्तै भदौ १९ बाट बङ्गलादेशमा शुरु हुने साफ च्याम्पियनसिपको तयारीका नेपाली फुटबल टोलीलाई थाइल्याण्ड पठाएको थियो । थाइल्याण्डको प्रशिक्षणपछि नेपाली टोली त्यहीबाट यही साउन २९ देखि हुने एशियन गेम्सका लागि इण्डोनेशियामा जानेछ ।

यसअघि मङ्गलबार भएको खेलमा नेपाली टोली त्यहाँको पुलिस टेरो क्लबसँग १–० ले पराजित भएको थियो । बोनयाचिन्दा मैदानमा भएको खेलमा नेपालका डिफेण्डर आदित्य चौधरीले ३९औँ मिनेटमा आत्मघाती गोल गरेपछि घरेलु टोली विजयी भएको थियो ।

एशियन गेम्सको समूह ‘डी’मा रहेको नेपालले जापान, भियतनाम र पाकिस्तानसँग समूह चरणमा प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताअन्तर्गत पहिलो खेल नेपालले जापानसँग खेल्नेछ । यस्तै दोस्रो खेलमा भियतनामसँग साउन ३१ र पाकिस्तानसँग भदौ ३ गते समूह चरणको अन्तिम खेल खेल्नेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...