नेकपाका दुई अध्यक्षलाई पुरानै पार्टीको कार्यालय प्यारो

Oli prachanda11

काठमाडौ‌ । तत्कालिन एमाले र माओवादी केन्द्र मिलेर नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको लगभग तीन महिना भयो । तर, पार्टीका शीर्ष नेताहरुलाई भने आफ्नै पूर्व पार्टीको पार्टी कार्यालय नै प्यारो लागिरहेको छ ।

धुम्बाराही र पेरिसडाँडामा गरी दुईवटा केन्द्रीय कार्यालय बनाएको नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल आ–आफ्नै पूर्व पार्टीकै कार्यालयमा केन्द्रित हुन थालेपछि अन्य नेतालाई पनि पूर्व पार्टीकै कार्यालय प्यारो लागिरहेको छ ।

दुवैतिरका केन्द्रीय कार्यालय समानान्तर रुपमा सञ्चालन हुँदा शीर्ष नेता कार्यकर्ता भेट्न कहिले धुम्बाराही त कहिले पेरिसडाँडा पुग्ने गरेका छन्।

दुवै कार्यलयमा पार्टीका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल तथा महासचिव विष्णु पौडेलका आआफनै कार्यकक्ष छन्। महासचिव पौडेल बेलाबखत् दुवैतिरका कार्यालयमा पुगे पनि अध्यक्षद्वय (ओलीदाहाल) लाई भने अहिलेसम्म आआफनै पूर्ववतः पार्टी कार्यालय नै प्यारो लागिरहेको छ।

नेकपाले आन्तरिक पार्टी सर्कुलरमा धुम्बाराही कार्यालयलाई केन्द्रीय सचिवालय र पेरिसडाँडालाई केन्द्रीय विभागको कार्यालय बनाउने उल्लेख छ।

तर यसरी दुवैतर्फ कार्यालय सञ्चालन गर्दा पार्टी काम प्रभावकारी नहुने मात्र होइन, पार्टीका दर्ता चलानी, लेखा प्रणालीमा समस्या आइरहेको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा कार्यरत नेकपा केन्द्रीय सदस्य डोरप्रसाद उपाध्यायले बताए।

धुम्बाराहीस्थित कार्यालय केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठको कमाण्डमा छ भने पेरिसडाँडास्थित कार्यालय केन्द्रीय सदस्य प्रल्हाद बुढाथोकीको।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्षले महिनाको १ गते धुम्बाराही र १५ गते पेरिसडाँडाबाट नेताकार्यकर्ताको गुनासो सुन्ने योजना बनाएका छन्। धुम्बाराहीबाट ओलीले एकपटक त्यस्तो गुनासो सुनेर सम्बोधनसमेत गरे। तर पेरिसडाँडामा भने उनले १५ साउनको तोकिएको कार्यक्रम अन्तिम समयमा कार्यव्यस्तता देखाउँदै स्थगित गरेका थिए।

पार्टी एकताको झण्डै तीन महिना पुग्न लाग्दासम्म एकअर्को केन्द्रीय कार्यालयका कर्मचारीबीच चिनजान समेत नदेखिएपछि महासचिव पौडेलले सोमबार परिचयात्मक कार्यक्रम राखेका थिए। धुम्बाराही कार्यालयमा नेकपाका १६ र पेरिसडाँडामा १४ जना कर्मचारी कार्यरत छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...