योजना विनको विकास दिगो हुन सक्दैनः प्रदेश नम्बर ३ मुख्य मन्त्री

P 3 ko mukhyamantri

हेटौँडा । प्रदेश नम्बर ३ का मुख्य मन्त्री डोरमणी पौडेलले योजना विनाको विकास दिगो हुन नसक्ने बताएका छन् । प्रदेश ३ सरकारको प्रदेश नीति तथा योजना आयोगले आफ्नो प्रदेशका लागि योजना पुस्तिका सार्वजनिक गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले दिगो विकासका लागि योजनावद्धरुपमा काम गर्नुपर्ने बताए ।

उनले समग्र प्रदेशको अवस्थाबारे अवगतसहित विकासको योजना बनाउन पुस्तिकाले सहयोग गर्ने पनि जानकारी दिए ।

उनले भने, “किताब छापिनु ठूला कुरा होइन तर यस पुस्तकले दिने विकास ठूलो कुरो हो, यसले हामीलाई समग्र प्रदेशको अवस्था र आवश्यकता औँल्याउँछ र यी सबै समेटेर हामीले बनाएको योजना तथा विकास निर्माण दिगो हुन्छ ।” मुख्य मन्त्री पौडेलले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य पूरा गर्ने आधार तयार पार्नुपर्नेमा जोड दिए।

प्रदेश नीति तथा योजना आयोगका सदस्य श्याम बस्नेतले प्रदेश सरकारले जनतालाई समृद्धी बाँड्ने योजना बनाएको दावी गरे ।

आयोगका उपाध्यक्ष सांसद खिमलाल देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठ, आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमरकट्टेल, आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेल, सामाजिक विकासमन्त्री युवराज दुलाललगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...