पूर्वमन्त्री तामाङसँग मोटरसाइकल, श्रीमती राईसँग गाडी र ३० तोला सुन

Sera bahahdur tamanga

काठमाडौं । पूर्व कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दै मन्त्री भएपछि चल, अचल सम्पत्ति नथपिएको स्पष्ट पारे।

एक सय ३० दिन कानुन मन्त्री भएर राजीनामा दिएका उनले हाल आफ्नो खातामा नगद ४३ हजार ९ सय ६७ रुपैयाँ रहेको र बाँकी मन्त्रीको रुपमा लिइएको तलव भत्ताले ऋण तिरिएको पनि बताए ।

त्यसैगरी पूर्व कानुनमन्त्री तामाङले श्रीमती उषाकला राईको नाममा एउटा बैंकमा १ लाख ६६ हजार र अर्को बैंकमा १ लाख २२ हजार रहेको जानकारी पनि दिए । सिन्धुपाल्चोकबाट प्रतिनिधिसभामा निर्वाचित सांसद तामाङले आफूसँग सिन्धुपाल्चोकको सिन्धुकोट र मेलम्चीमा जग्गा रहेको र श्रीमती राईको मोरङका विभिन्न स्थानमा र खोटाङमा पनि जग्गा रहेको बताए ।

तामाङसँग मोटरसाइकल र श्रीमती राईसँग कार रहेको पनि सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । पूर्व मन्त्री तामाङ र प्रदेश १ की सांसद श्रीमती राईसँग ३० तोल सुन रहेको पनि जानकारी दिइएको छ ।

पूर्व मन्त्री तामाङले पत्रकार सम्मेलनमा आफूले भ्रष्टाचार नियन्त्रणलाई एक मात्रै लक्ष्य बनाएको दावी पनि गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...