न्यायपालिकाको स्वतन्त्रतामाथि ठाडो हस्तक्षेपः बार
काठमाडौं । प्रधानन्यायाधीशमा दीपकराज जोशीलाई अस्वीकार गर्नु न्यायपालिकामाथिको ठाडो हस्तक्षेप भएको नेपाल बार एशोसिएसनले ठहर गरेको छ । बारले शुक्रबार एक विज्ञप्ति प्रकाशित गरी दीपकराज जोशीलाई प्रधानन्यायाधीशमा अस्वीकार गर्ने संसदीय हो ।
संसदीय सुनुवाई समितिको निर्णयले नेपालको संविधान प्रचलित ऐन कानुनको उल्लंघन भएको भन्दै समितिले संवैधानिक परिषद्ले लिएको आधार र कारणलाई समेत चुनौती दिएको बारले ठहर गरेको छ ।
बारले सुनुवाई समितिका सदस्यहरुलाई स्वतन्त्र र विवेकपूर्ण रुपमा प्रस्तुत नभई राजनीतिक दलको निर्देशनका आधारमा निर्णय लिएको आरोप लगाएको छ । बारले भनेको छ, ‘उक्त निर्णयबाट विधि र कानुनी शासनको उपहास भएको बारको ठहर छ ।’
संसदीय समितिमा राजनीतिक आस्थाको आधारमा मतदान प्रक्रियाबाट निर्णय हुनु दुखद र खेदजनक भन्दै बारले यस्तो निर्णयबाट ‘न्यायपालिकामाथि व्यवस्थापिका र कार्यपालिकाबाट निर्देशित र नियन्त्रित गर्न खोजिएको’ भनी टिप्पणी गरेको छ ।
प्रतिकृया दिनुहोस