भदौ ५ भित्र एकीकरण गरिसक्न ओली र प्रचण्डको विशेष सर्कुलर, कसले पाए कुन जिम्मेवारी ?

Kp oli and pushpakamal

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भदौ पहिलो साताभित्र प्रदेश र जिल्ला कमिटीहरुको एकीकरण गरिसक्न सबै कार्यदललाई निर्देशन दिएको छ ।

अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले भदौ ५ को डेडलाइन तोकेका हुन् । लगत्तै महासचिव विष्णु पौडेलले विशेष परिपत्र जारी गर्दै आठ वटा कार्यदललाई साउन २५ भित्र आफ्नो प्रतिवेदन बुझाइसक्न निर्देशन दिएका छन् ।

यसअघि जेठ १६ गते जारी गरिएको विशेष सुर्कुलरमा १५ दिनभित्र एकीकरणको प्रतिवेदन बुझाउन भनिए पनि दुई महिनासम्म कुनै पनि कार्यदलले काम सकेन ।

बिहीबार जारी भएको सर्कुलरमा तिथिमिति तोकेर एकीकरणको का सम्पन्न गर्न निर्देशन दिइएको छ । जसअनुसार भदौ ५ गतेभित्र प्रदेश र जिल्ला कमिटीहरुको एकीकरण सम्पन्न गरिसक्नुपर्नेछ । भदौ १५ गतेभित्र जनवर्गीय संगठजनका केन्द्रीय कमिटीको एकीकरण गरी पहिलो बैठक बस्नुपर्नेछ ।

एकीकरणबाट गठन हुने जनवर्गीय संगठनका केन्द्रीय कमिटीमा संयोजक र आवश्यकताअनुसार सहसंयोजकहरु रहने व्यवस्था गरिएको स्रोतले जनाएको छ ।

भूगोलका ७७ जिल्ला कमिटीबाहेक काठमाडौं उपत्यकामा युवा, विद्यार्थी, मजदुर, पेशागत र उद्योग व्यवसायीको अलग्गै जिल्ला कमिटी गठन गर्न कार्यदल गठन भएको छ । यसका साथै अन्य कमिटीहरु एकीकरणका लागि पनि कार्यदल बनेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...